काठमाडौं । फ्रेन्च लिग वान क्लब मोनाकोले मुख्य प्रशिक्षक निको कोभाकलाई बर्खास्त गरेको छ ।
कोभाक २०२० को जुलाईमा मोनाकोका मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
यस सिजन क्लबले उत्कृष्ट प्रदर्शन गर्न नसकेपछि कोभाक बर्खास्तमा परेका हुन् ।
मोनाको यस सिजन २९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
कोभाक बर्खास्तमा परेपछि मोनाकोको टिम तत्कालका लागि वैकल्पिक टिमका प्रशिक्षक रहेका स्टेफान नाडोले हेर्ने छन्।