काठमाडौं । इंग्लिस क्लब लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले चेल्सीविरुद्धको खेल गुमाउने भएका छन् ।
कोभिड-१९ को संक्रमण भएपछि क्लोपले चेल्सीविरुद्ध खेल गुमाउने भएका हुन् ।
लिभरपुलले क्लोपलाई कोभिड पुष्टि भएको जनाएको छ ।
कोभिड संक्रमण भएपछि क्लोप सेल्फ आईसोलेसनमा बसेका छन् ।
लिभरपुलले आइतबार चेल्सीसँग उसैको मैदानमा खेल्नेछ ।