आर्सनलमाथि सिटीको रोमान्चक जित
२०२२ जनवरी १, शनिबारखेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले आर्सनललाई हराएको छ ।
शनिबार भएको खेलमा सिटीले १० खेलाडीमा सिमित आर्सनललाई २-१ गोल अन्तरले हराएको हो ।
आर्सनलको मैदानमा एक गोलको अग्रता उल्टाएर सिटीले महत्वपूर्ण तीन अंक जोडेको हो ।
खेलको ३१ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ५७ औं मिनेटमा रियाद महरेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा ल्याए ।
५९ औं मिनेटमा गाब्रियलले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा समेटियो ।
त्यसपछि खेलको इन्जुरी समयमा रोड्रीले गोल गर्दै सिटीलाई २-१ को जित दिलाए ।
जितसँगै सिटीले २१ खेलमा ५३ अंक जोडेको छ ।
सिटीले दोस्रो स्थानको चेल्सीमाथि ११ अंकको अग्रता बनाएको छ ।
आर्सनल ३५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
आर्सनलमाथि सिटीको रोमान्चक जित