काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले च्यासल युथ क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ ।
शनिबार भएको खेलमा संकटाले च्यासलसँग गोलरहित बराबरी खेलेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोलको अवसर गुमाएका थिए । जसको कारण खेल गोलविहीन सकिएको हो ।
यस बराबरीसँगै संकटाले ७ खेलमा १३ अंक जोडेको छ ।
संकटा तेस्रो स्थानमा यथावत रहेको छ ।
च्यासल ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।