काठमाडौं । इंग्लिस क्लब एभर्टनले युक्रेनी डिफेन्डर भिटाली म्यकोलेन्कोलाई अनुबन्ध गरेको छ ।
एभर्टनले डाइनामो किभबाट डिफेन्डर भिटालीलाई अनुबन्ध गरेको हो ।
एभर्टनले लेफ्ट ब्याक अनुबन्धको रकम भने खुलाएको छ ।
२२ वर्षीय डिफेन्डरले एभर्टनसँग साढे चार वर्षको सम्झौता गरेका छन् ।
भिटालीले युक्रेनका लागि २१ खेल खेलेका छन् ।
२०२० को युरोमा युक्रेन क्वाटरफाइनलसम्म पुगेको थियो ।