थ्री स्टार र एनआरटीको बराबरी
शनिबार, ०३ पौष २०७८खेलपाटी संवाददाता

एनआरटीका खेलाडी । फाइल फोटो
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार र न्युरोड टिम एनआरटीले बराबरी खेलेका छन् ।
दशरथ रंगशालामा शनिबार भएको खेलमा दुवै टिमले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
दुवै टिमले शनिबार प्राप्त अवसरलाई सदुपयोग गर्न सकेनन् ।
राम्रो टिम बनाएर समेत लिगमा अपेक्षा अनुसार प्रर्दशन गर्न नसकेका दुवै टिम दाबेदारको रुपमा अघि आउन सकेका छैनन् ।
थ्री स्टार र एनआरटी दुवैले जित निकाल्दै अंक तालिकामा सुधार गर्ने अवसर गुमाएका छन् ।
थ्री स्टार ५ खेलबाट ६ अंक सहित तालिकाको छैटौं स्थानमा छ । समान अंक रहेको न्युरोड टिम एनआरटी तालिकाको सातौं स्थानमा छ ।
#थ्री स्टार #एनआरटी











-1776781891908.jpeg&w=3840&q=75)
