पोखरा । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मनाङ र पुलिसले १-१ गोलको बराबरी खेलेका छन् ।
खेलको दशौँ मिनेटमा कप्तान अन्जन विष्टले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ३५ औं मिनेटमा सुमन लामाले पेनाल्टीमा गोल गर्दै पुलिसलाई १-१ गोलको बराबरीमा ल्याएका हुन् ।
आज दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रिएका छन् ।