काठमाडौं । जति जति बेला घरेलु नेपाली फुटबलमा मनाङ मस्र्याङ्दी र पुलिस भिड्ने गर्छन्, त्यो आम खेल प्रेमीका लागि सबैभन्दा आकर्षक हुने गर्छ ।
दुवै टिमका लागि पनि यो प्रतिष्ठाको लडाइ हुने गर्छ । सहिद स्मारक लिग ए डिभिजन ०७८ मा शनिबार यही खेलको अवसर मिलेको छ र खेल हुनेछ, पोखरामा ।
ऐतिहासिक रूपमा लिग काठमाडौं उपलत्यका बाहिर हुन लागेको यो पहिलो पल्ट हो । लिगका पछिल्ला पाँच संस्करणलाई आधार मान्ने हो भने मनाङ पुलिसमाथि हाबी रहेको छ ।
यी पाँच संस्कणका सात खेलमा मनाङ चार खेलमा विजयी रहेको छ भने तीन खेल भने बराबरीमा टुंगेको छ ।
वर्ष ०६८ मा मनाङ १–० ले विजयी रहेको थयो । वर्ष ०६९ मा भएका दुवै खेल बराबरी रहे, क्रमश: १–१ र ०–० । वर्ष ०७० मा भएको पहिलो खेल १–१ को बराबरीमा रहेपछि दोस्रो खेलमा मनाङ २–० ले विजयी रह्यो ।
मनाङलाई वर्ष ०७५ मा १–० र वर्ष ०७६ मा २–० ले पराजित गरेको थियो ।