काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ मा शनिबार दशरथ रंगशालामा हुने दोस्रो खेलमा थ्री स्टार र एनआरटी भिड्दै छन् ।
लिगका पछिल्ला पाँच संस्करणलाई आधार मान्ने हो भने थ्री स्टार आफ्नो प्रतिद्वन्द्वीमाथि बलियो रहेको छ । यी दुई टिमबीच पछिल्ला पाँच संस्करणमा पाँच नै खेल भएका छन् ।
त्यसमा थ्री स्टार चार खेलमा विजयी रहेको छ भने एकै खेलको नतिजा मात्र एनआरटीको पक्षमा रहेको छ । वर्ष ०६८ मा थ्री स्टार एनआरटीमाथि १–० ले विजयी रह्यो ।
वर्ष ०६८ मा यी दुई टिमबीच दुई खेल भएका थ्री स्टार पहिलो प्रतिस्पर्धामा १–० ले विजयी रह्यो भने दोस्रोमो नतिजा एनआरटीको पक्षमा १–० रह्यो ।
त्यसयता दुवै टिमको भेट वर्ष ०७५ मा भएको थियो, जसमा थ्री स्टार २–० ले विजयी रह्यो । वर्ष ०७६ को पछिल्लो लिगमा पनि थ्री स्टारले एनरटीलाई १–० ले पराजित गरेको थियो ।