काठमाडौं । च्यासल सहिद स्मारक लिग ए डिभिजनमा यसपल्ट आफ्नो तेस्रो सहभागिता मात्र जनाउँदैछ र यो छोटो समयमा च्यासलले जित निकाल्न नसकेको एउटा टिम जावलाखेल पनि हो ।
शनिबार दशरथ रंगशालामा हुने खेलमा यिनै दुई टिम भिड्दै छन् र यो एक अर्को ललितपुर डर्बी हुनेछ ।
अहिले जावलाखेल र च्यासलबीच दुई खेल मात्र भएका छन् । त्यसमध्ये एकमा जावालखेल विजयी रहेको छ भने अर्को बराबरीमा टुंगेको छ ।
जावलाखेलले वर्ष ०७६ मा च्यासललाई २–० ले हराएको थियो । च्यासलले ए डिभिजनमा डेब्यु गर्दाको वर्ष ०७५ मा भने जावलाखेललाई १–१ को बराबरीमा रोकेको थियो ।
च्यासल चार खेलबाट चार अंक जोडेर दसौं स्थानमा छ । जावलाखेल खालि एकै अंकमा सीमित रहेर १३ औं स्थानमा छ ।