काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा बायर्नले उल्फ्स्बर्गलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा सातौं मिनेटमा थोमस मुलरले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ५७ औं मिनेटमा डेयोट उपमिकानोले गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए ।
लोरी सानेले ५९ औं मिनेटमा गोल गर्दै टिमको अग्रता ३-० को बनाए ।

त्यसपछि खेलको ८७ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ४-० को जित दिलाए ।
यस गोलसँगै लेवान्डोस्कीले बुन्डेसलिगामा एकै वर्ष सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।
उल्फ्स्बर्गविरुद्धको गोल लेवान्डोस्कीको ४३ औं गोल हो ।
लेवान्डोस्कीले बायर्नका लेजेण्ड गर्ड मुलरको नाममा रहेको ४२ गोलको कीर्तिमान तोडेका हुन् । मुलरले १९७२ मा उक्त कीर्तिमान बनाएका थिए ।
यस जितसँगै बायर्नले १७ खेलमा ४३ अंक जोडेको छ ।
बायर्न शीर्ष स्थानमा यथावत रहेको छ ।
उल्फ्स्बर्ग २० अंक जोडेर १२ औं स्थानमा रहेको छ ।