काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शनिबार तीन खेलहरु हुँदैछन् ।
पाँचौं चरणको खेल अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ । एक खेल भने पोखरामा हुनेछ ।
दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । च्यासल र जावलाखेलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
च्यासल ४ खेलमा ४ अंक जोडेर दशौँ स्थानमा रहेको छ । जावलाखेल १ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
रंगशालामा हुने अर्को खेलमा थ्री स्टार क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल अपरान्ह ४:४५ बजे सुरु हुनेछ ।
थ्री स्टार ४ खेलमा ५ अंक जोडेर छैटौं स्थानमा रहेको छ । एनआरटी ५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
पोखरा रंगशालामा हुने खेलमा मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र पुलिसबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
सहिद स्मारक 'ए' डिभिजन लिगको इतिहासमा पहिलो पटक उपत्यका बाहिर खेल हुन लागेको हो ।
कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ ४ खेलमा १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । मनाङ पुलिसलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।
पुलिस ४ खेलमा ५ अंक जोडेर आठौं स्थानमा रहेको छ । पुलिस मनाङलाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ ।