काठमाडौं । इटालियन क्लब इन्टर मिलानले मिडफिल्डर क्रिस्टियन एरिक्सनसँगको सम्झौता रद्द गरेको छ ।
एरिक्सनसँगको आपसी समझदारीमा सम्झौता रद्द गरिएको इन्टरले जनाएको छ ।
मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर (आइसिडी) नहटाएसम्म इटालीमा खेल्न नपाउने भएपछि एरिक्सन र इन्टरले सम्झौता रद्द गरेको हो ।
युरोकप फुटबल दौरान हृदयघात भएपछि डेनमार्कका मिडफिल्डर एरिक्सनको शरीरमा आइसिडी जडान गरिएको छ ।
युरोकपमा फिनल्याण्डविरुद्धको खेल दौरान हृदयघात भएर एरिक्सन मैदानमा ढलेका थिए ।
मैदानमा ढलेपछि २९ वर्षीय मिडफिल्डरलाई तत्काल मैदानमै सीपीआर दिईएको थियो । जसको कारण उनको ज्यान बचेको थियो ।
त्यसयता उनी मैदान उत्रिएका छैनन् । हालै उनले डेनमार्ककै क्लबमा अभ्यास गरिरहेका छन् ।