काठमाडौं । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपालले पहिलो हाफमा भुटानमाथि ३–० को अग्रता बनाएको छ ।
बंगलादेशको ढाकामामा जारी खेलको पहिलो हाफमा नेपालका लागि मेनुका आले मगर, कुशुम खतिवडा र रजनी थोकरले एक–एक गोल गरे ।
मेनुकाले खेलको दोस्रो मिनेटमै नेपाललाई अग्रता दिलाएकी थिइन् ।
कुशुमले १८ औ मिनेटमा नेपालको अग्रता दोब्बर बनाइन् ।
रजनीले नेपाललाई ३–० को अग्रता दिलाईन ।
फाइनलको सम्भावना कायम राख्न नेपालले आजको खेल जित्नुपर्ने आवश्यकता छ ।