काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार दुबै टोलीले १–१ को बराबरी खेलेका हुन् ।
खेलमा भने आर्मीले सुरुआती अग्रता लिएको थियो ।
आर्मीले खेलको १० औं मिनेटमा अग्रता बनाएको थियो ।
दिनेश हेन्जनले पेनाल्टी बक्सबाट गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाए ।
तर आर्मीको त्यो अग्रता धेरै बेर टिक्न सकेन ।
सातदोेबाटोका मार्टिन्स अजायीले १६ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
बराबरीसँगै ५ खेलबाट ९ अंक जोड्दै आर्मी तेस्रो स्थानमा यथावत रहेको छ ।
यता बराबरीपछि सातदोबाटो ८ अंकसहित चौथो स्थानमा उक्लिएको छ ।
समान चार खेल खेलेको मछिन्द्र फुटबल क्लब र मनाङ मस्र्याङदी क्लब १०–१० अंकसहित पहिलो र दोस्रो स्थानमा रहेका छन् ।