काठमाडौं । लिभरपुलका मुख्य प्रशिक्षक जर्गन क्लोपले बढ्दो कोभिड संक्रमणलाई लिएर इंग्लीस प्रिमियर लिग रोक्नुको कुनै फाइदा नहुने बताएका छन् ।
तर उनले कोभिड समस्याको समाधान भने हुन नसकेको बताए ।
विकेन्डको १० मध्ये पाँच खेल स्थगित गरिएको छ भने क्लोपले बिहीबार न्यूकासलविरुद्ध ३–१ जित हात पार्नु अघि तीन खेलाडीलाई टिमबाट हटाएका थिए ।
क्लोपका अनुसार उनका सबै खेलाडीले कोभिडविरुद्धको पूर्ण खोप लगाएको तथा कतिपयले 'बुस्टर' खोप लगाएको बताए ।
उनले लिगको खेल स्थगित गर्नु उचित कुरा नभएको बताउदै खेल तालिकामा लचिलो हुनुपर्ने धारणा राखे ।
क्लोपले लिग स्थगित गर्नुको ठूलो फाइदा आफूले नदेखेको बताए ।
पछिल्लो समय विभिन्न क्लबका प्रशिक्षकले लिग स्थगित हुनुपर्ने धारणा राख्दै आएका छन् ।