सोमबार, ०४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

कप्तान ज्ञानेन्द्रसहित चार खेलाडीलाई कारवाही गर्ने तयारी 

आइतबार, २६ मंसिर २०७८खेलपाटी संवाददाता
कप्तान ज्ञानेन्द्रसहित चार खेलाडीलाई कारवाही गर्ने तयारी 
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को खेलाडी अनुशासन छानविन समितिले राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई कारवाही गर्नुपर्ने आशयसहितको प्रतिवेदन बोर्डमा पठाउने भएको छ । 

कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लको संयोजकत्वमा गठिन पाँच सदस्यीय समितिले कप्तान मल्लसहित उपकप्तान दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कारवाही गर्नुपर्ने आशय प्रतिवदेनमा उल्लेख गरेको छ । 

खेलाडीहरुले केन्द्रिय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट)को विषयमा क्यानसँगको सम्झौता विपरित सञ्चारमाध्यममा अभिव्यक्ति दिएको भन्दै उक्त समितिले चारै जना खेलाडीहरुसँग स्पष्टीकरण माग गरेको थियो । 

‘तर खेलाडीहरुले उल्टै क्यानसँग ११ बुँदे माग अघि सार्दै क्यानलाई अव्यवहारिक रुपले चेतावनीसहितको जवाफ फर्काएका थिए । उनीहरुले सञ्चारमाध्यमा दिएको अभिव्यक्तिप्रति कुनै आत्मग्लानी नरहेको भाव अनुसारको जवाफ क्यानमा फर्काएका थिए,’ क्यान स्रोतले भन्यो । 

स्रोतका अनुसार खेलाडीहरुलाई दोस्रो पटक मौका दिदा पनि उनीहरुले सञ्चारमाध्यममा दिएको उक्त अभिव्यक्तिप्रति कुनै गल्ती स्वीकार गरेनन ।

‘स्पष्टीकरणबाट हाम्रो चित्त बुझेको छैन । खासमा उनीहरुमा क्यानप्रति कुनै उत्तरदायित्व बोध भएको छैन । क्यानप्रति कुनै जिम्मेवारीपन पनि बोध भएको छैन । र यसै आधारमा हामीले क्यानको बोर्डमा प्रतिवेदन बुझाउने तयारी गरेका छौ ।’

आईसीसी टी–ट्वान्टी ग्लोवल छनोट मुखैमा आइपुग्दा खेलाडीहरुबारे नकारात्मक प्रतिवेदनले असर गर्ने त होइन भन्ने प्रश्नको जवाफमा क्यान स्रोतले कसैले अपराध गरे उसलाई छनोटको बहानामा माफि नदिइने स्पष्ट पारे । 

समितिले तयार गरेको प्रतिवेदनमा कप्तान ज्ञानेन्द्र मल्ललाई सबैभन्दा बढी जिम्मेवार ठहर्याइएको छ । 

‘कप्तानको रुपमा मल्लको जिम्मेवारी बढी हुन्छ । कप्तानले खेलाडीहरुलाई हस्ताक्षर गराए तथा खेलाडीहरुले किन र कुन बाध्यतामा हस्ताक्षर गरे थाहा भएन,’ स्रोतले भन्यो । 

‘प्रतिवेदनमा कारवाहीको सिफारिस भन्दा पनि यस्ता कुराहरु समेटिएको छ । र हामीले प्रतिवेदनको आधारमा कारवाही अगाडी बढाउनुपर्ने भनेका छौ ।’ 

स्रोतका अनुसार प्रतिवेदनमा खेलाडीहरुको बारेमा केही पनि सकारात्मक कुरा उल्लेख गरिएको छैन ।

‘प्रतिवेदनमा खेलाडीहरुबारे सकारात्मक कुराहरु केही पनि छैन । सकारात्मक उनीहरुले केही गरेकै छैनन ।’

समितिमा संयोजक मल्लसहित कोषाध्यक्ष रोशन कुमार सिंह, महाप्रवन्धक रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास रहेका छन् ।

समितिले आईतबार नै बोर्डलाई प्रतिवेदन बुझाउने तयारी गरेकोछ । 
 

Loading ad...
LiNing Ad
ज्ञानेन्द्र मल्ल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अबदेखि  खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

अबदेखि खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अबदेखि  खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

अबदेखि खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

वेस्ट इन्डिजलाई सम्मानजनक लक्ष्य

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

१२ वर्षपछि विश्वकपमा नेपालको अर्धशतक

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

भाटभटेनीको 'जर्सीको जर्नी'का विजेता मुम्बईमा

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

वेस्ट ईन्डिजसँग भिड्दै नेपाल

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित