सन्दीप आबद्द होबार्टको खेल आज
बुधबार, २२ मंसिर २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्ट हरिकेन्सले बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा आज सिड्नी सिस्कर्ससँग प्रतिस्पर्धा गर्दैछ ।
होबार्टले सिड्नीसँग अरोरा स्टेडियममा खेल्नेछ । खेल नेपाली समय अनुसार दिउँसो १:२० मा सुरु हुनेछ ।
होबार्टको यो पहिलो खेल हो । पहिलो खेलमै होबार्ट जित निकाल्ने योजनामा हुनेछ ।
सिड्नीको यो दोस्रो खेल हो । सिड्नी लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
सिड्नीविरुद्ध सन्दीप प्लेईङ सेटमा पर्ने सम्भावना रहेको छ ।
सन्दीपले लगातार दोस्रो सिजन होबार्टबाट खेल्न लागेका हुन् ।
सन्दीपले गत सिजन होबार्टका लागि ८ खेल खेल्दै ८ विकेट लिएका थिए ।
त्यसअघि सन्दीपले मेलबर्न स्टार्सबाट बिग बास लिग खेलेका थिए । सन्दीप बिग बास लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।
सन्दीप आबद्द होबार्टको खेल आज







-1766305902285.jpeg&w=3840&q=75)

-1766407401552.jpeg&w=3840&q=75)


-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)
-1766367982945.webp&w=3840&q=75)