• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
स्पष्टीकरणको ‘वार’
सन्जिब कुमार साह
शुक्रबार, मंसिर १७, २०७८ सन्जिब कुमार साह
स्पष्टीकरणको ‘वार’

काठमाडौं । गत बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो पटक खेलाडीसँग स्पष्टीकरण माग गर्यो । पहिलो स्पष्टीकरण चित्त बुझ्दो नभएको र क्यानलाईनै दोषी करार गरिएको भन्दै क्यानले दोस्रो पटक खेलाडीसँग स्पष्टीकरण सोधेको हो ।

खेलाडीसँग गरिएको केन्द्रिय सम्झौता चित्त बुझ्दो नभएको भन्दै खेलाडीले मिडियामार्फत असन्तुष्टि जनाएका थिए । त्यही विषयलाई लिएर क्यानले खेलाडीसँग दुई पटक स्पष्टीकरण माग गरिसकेको छ । 

उल्ल्लेखित घटना क्यान र खेलाडीबीच पछिल्लो समय बढ्दै गएको तिक्तता देखाउन पर्याप्त देखिन्छ । क्यानले खेलाडीसँग गर्ने केन्द्रिय सम्झौताको विषयलाई लिएर दुवै पक्षबीचका असन्तुष्टि पछिल्लो समय सञ्चार माध्यममा छताछुल्ल भएका छन् ।

क्यानसँग केन्द्रिय सम्झौताको विषयलाई लिएर खेलाडीहरुले सार्वजनिक रुपमै असन्तुष्टि पोख्दै आएका छन् । क्यानले आफूखुसी सञ्चारमाध्यममा अभिव्यक्ति दिएको भन्दै खेलाडीसँग पटक–पटक स्पष्टीकरणको डण्डा चलाएको छ ।

सञ्चारमाध्यममा विवादास्पद अभिव्यक्ति दिएको भन्दै क्यानले राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र बलर कमलसिंह ऐरीसँग स्पष्टीकरण माग गरेको थियो । प्राप्त स्पष्टीकरण समेत चित्त बुझ्दो नभएको भन्दै क्यानले दोस्रो स्पष्टिकरण पत्र खेलाडीलाई थमाएको छ । पछिल्ला गतिविधिले क्यान र खेलाडीबीचको स्पष्टीकरणको ‘वार’ सतहमा आएको छ ।

क्यानले भने खेलाडीसँग कुनै तिक्तता नरहेको दावी गर्छ ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले खेलाडीसँग कुनै मतभेद नरहेको दावी गर्छन् । सचिव मल्लका अनुसार क्यानले खेलाडीको हकहित, सेवासुविधा तथा तलबभत्ता बढाउने कुरामा सकारात्मक कदम चालेको छ ।

‘क्यानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल आयोजना गरिरहेकै छ । खेलाडीको सेवासुविधा तथा तलबभत्ता बढाउने कुरामा काम गरिरहेकै छ । यी कामहरु खेलाडीको हकहितमै भैरहेका छन् ।’ सचिव मल्लले खेलपाटीसँग भने ।

खेलाडीले भने क्यानले आफुसँग गरेको केन्द्रिय सम्झौतामा असन्तुष्टि पोखिरहेका छन् । सोही कारण अधिकांश खेलाडीले केन्द्रिय सम्झौतामा हस्ताक्षर गरेका छैनन् । खेलाडीले हस्ताक्षर नगर्दा क्यानले केन्द्रिय सम्झौताको सूचि सार्वजनिक गर्न सकेको छैन ।

क्यानले गत वर्षबाट राष्ट्रिय टिमका खेलाडीलाई वर्गीकरण गर्दै केन्द्रिय सम्झौता दिदै आएको छ । त्यसअघि आईसीसीले यो काम हेर्ने गरेको थियो ।

वर्गीकरण अनुसार  ’ए’  श्रेणीमा पर्ने खेलाडीले मासिक ५० हजार, ’बी’ श्रेणीले ४० हजार र ’सी’ श्रेणीका खेलाडीले ३० हजार पाउँदै आएका छन् ।

यही विषयले पछिल्लो समय क्यान र खेलाडीबीच मतभेद बढाएको छ ।

राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले क्यानसँगको तिक्तता भन्दा पनि क्यानको निर्णयप्रति आफुहरुको असन्तुष्टि रहेको बताउँछन् ।

कप्तान मल्लका अनुसार क्यानले केन्द्रिय सम्झौता गर्नुअघि खेलाडीलाई मापदण्डको बारेमा जानकारी गराउनु पर्नेथियो तर त्यसो गरिएन ।

खेलाडीको ग्रेडिङमा क्यानले आफूखुसी गरेको भन्दै कप्तान मल्लको असन्तुष्टि छ । ओमान सिरिजमा रहेका खेलाडीलाई केन्द्रिय सम्झौतामा समेट्नुपर्ने धारणा कप्तान मल्लले राख्दै आएका छन् ।

‘सम्झौता अघि मापदण्ड तथा ग्रेडिङको बारेमा खेलाडीलाई जानकारी गराईनुपथ्र्यो । तर त्यसो गरिएन ।’ कप्तान मल्लले भने ।

तर क्यानका सचिव मल्लले भने सबै प्रक्रिया पुर्याएर खेलाडीको ग्रेडिङ गरेको र यसमा क्यानको कुनै कमजोरी नरहेको दाबी गर्छन् ।

उनले अहिलेको ग्रेडिङमा कुनै कमजोरी नरहेको दाबी गर्दै असन्तुष्ट खेलाडीलाई अहिलेको सम्झौतामा ल्याउनु अर्को खेलाडीमाथि अन्याय हुने बताए ।

सचिव मल्लले कुनै खेलाडीलाई आफू अन्यायमा परेको भए क्यानमा निवेदन दिनुपर्नेमा आफूखुसी सञ्चारमाध्यममा अभिव्यक्त दिएको आरोप लगाउँछन् ।

‘अन्यायमा परेका खेलाडीले कम्तिमा क्यानमा निवेदन दिन सक्छन् । त्यसपछि पनि सुनुवाई भएन भने अन्य प्रक्रियामा जान सक्छन् । तर आफूखुसी सञ्चारमाध्यममा जानु भनेको क्यानप्रति वफादार नहुनु हो ।’ मल्लले भने ।

कप्तान मल्लले भने क्यान पदाधिकारीसँग फोनमार्फत कुराकानी भएको र त्यसको कुनै निर्णय नआउदै सञ्चारमाध्यमबाट समाचार बाहिरिएको दावी गरे ।

‘क्यान वा कसैलाई बदनाम गराउने उदेश्य थिएन । क्यानलाई बदनाम गर्ने उदेश्यले सञ्चारमाध्यममा अन्तरर्वार्ता दिएका होइनौ ।’ मल्लले भने ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ललितले लिए सन्न्न्यास
ललितले लिए सन्न्न्यास
ह्याट्रिक जितको लक्ष्यमा नेपाल
ह्याट्रिक जितको लक्ष्यमा नेपाल
यु–१४ राष्ट्रिय क्रिकेट प्रतियोगिता : पहिलो खेलमा कोशी र सुदूरपश्चिम प्रदेश भिड्ने
यु–१४ राष्ट्रिय क्रिकेट प्रतियोगिता : पहिलो खेलमा कोशी र सुदूरपश्चिम प्रदेश भिड्ने
बागमतीको जितमा आशिषको अर्धशतक
बागमतीको जितमा आशिषको अर्धशतक
विश्वकपको पुरस्कार रकममा ओमानको झेल
विश्वकपको पुरस्कार रकममा ओमानको झेल
लुम्बिनी अंक तालिकामा शीर्ष स्थानमा
लुम्बिनी अंक तालिकामा शीर्ष स्थानमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
मेसीले मलाई सधैं सम्मान गर्छन् : रोनाल्डो
मेसीले मलाई सधैं सम्मान गर्छन् : रोनाल्डो
ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण
ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण
१०० मिटरमा अदित्य र गौरीलाई स्वर्ण
१०० मिटरमा अदित्य र गौरीलाई स्वर्ण
ललितले लिए सन्न्न्यास
ललितले लिए सन्न्न्यास
१३ वर्षपछि नेदरल्यान्ड्सको पहिलो खेलमा पहिलो जित
१३ वर्षपछि नेदरल्यान्ड्सको पहिलो खेलमा पहिलो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP