काठमाडौं । इंग्ल्यान्डका कप्तान जोए रुट टेस्ट क्रिकेटको ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा यथावत रहेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा रुट शीर्ष स्थानमा कायम रहेका हुन् ।
अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथ दोस्रो स्थानमा रहेका छन् ।
न्युजिल्याण्डका कप्तान तथा ब्याट्सम्यान केन विलियम्सन तेस्रो स्थानमा रहेका छन् ।
यस्तै अष्ट्रेलियाका मार्नुस लाबुस्चाग्ने चौंथो र भारतका रोहित शर्मा पाँचौ स्थानमा उक्लिएका छन् ।
भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली छैटौं स्थानमा छन् ।

बलिङतर्फ अष्ट्रेलियाका प्याट कमिन्स शीर्ष स्थानमा यथावत रहेका छन् ।
भारतका रविचन्द्र आश्विन दोस्रो, न्युजिल्यान्डका टिम साउथी तेस्रो स्थानमा छन् ।
अष्ट्रेलियाका जोस हाजलउड चौंथो र पाकिस्तानका शाहिन शाह अफ्रिदी पाँचौ स्थानमा छन् ।
अफ्रिदी पहिलो पटक शीर्ष पाँचमा उक्लिएका हुन् ।
अलराउण्डरतर्फ वेष्ट इन्डिजका जासन होल्डर शीर्ष स्थानमा छन् ।
भारतका रबिन्द्र जडेजा दोस्रो र भारतकै रविचन्द्र आश्विन तेस्रो स्थानमा छन् ।