काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङलाई राष्ट्रिय पुरुष÷महिला क्रिकेट खेलाडीले मंगलबार भेट गरेका छन् ।
भेटका अवसरमा खेलाडीले क्रिकेटका विविध पक्षबारे जानकारी गराएका थिए ।
सदस्य–सचिव घिसिङले क्रिकेट खेल र खेलाडीको स्तरबृद्धि गर्न परिषद्ले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउदै सबै खेलका खेलाडीको प्रोत्साहनका लागि परिषद् अगाडि बढ्ने बताए ।
सदस्य - सचिवसँगको भेटमा पुरुष टिमका कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का, महिला टिमका उपकप्तान सिता राना मगर, क्यानका सदस्य छुम्बी लामा लगायतका उपस्थिति रहेको थियो ।