काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकका लागि आवेदन दिएका मध्ये ७ जनाको अन्तर्वार्ता लिने भएको छ ।
क्यानको पाँच सदस्सीय छनौट समितिले अन्तिम चरणमा ७ प्रशिक्षकको अन्तर्वार्ता लिन लागेको हो ।
यस अघि क्यानले १५ जनाको अन्तर्वार्ता लिने तयारी गरेको थियो । तर, छनौट समितिले सर्ट लिस्ट गर्दै ७ जनाको अन्तर्वार्ता लिने निर्णय गरेको हो ।
क्यानका कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लले ७ जनाको अन्तर्वार्ता लिईने जानकारी गराए । कार्यवाहक सचिव मल्लले आज प्रशिक्षकहरुको अन्तर्वार्ता लिने समेत जानकारी गराए ।
'यस अघि १५ जनाको लिने भनेका थियौं । तर, समितिले सर्ट लिस्ट गरेर ७ जनाको अन्तर्वार्ता लिने निर्णय गरेका छौँ,' मल्लले भने, 'हामीले उनीहरुको अन्तर्वार्ता आज गर्दैछौ ।'
कार्यवाहक सचिव मल्लले सबै ७ प्रशिक्षकको अनलाईन मार्फत अन्तर्वार्ता लिईने बताए ।
क्यानले कार्यवाहक सचिव मल्लको संयोजकत्वमा ५ पाँच सदस्सीय समिति गठन गरेको थियो ।
समितिमा कोषाध्यक्ष रोशन कुमार सिंह, महाप्रबन्धक रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास रहेका छन् । समितिका अन्तराष्ट्रिय क्रिकेट परिषदका एक प्रतिनिधि रहेका छन् ।
राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको थियो ।
क्यानले गत कात्तिक १ गते मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो ।
मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षक विहीन रहेको छ ।
ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज पछि ह्वाटमोरले नेपाली टिम छाडेका हुन् ।