काठमाडौं । काठमाडौंमा जारी वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता निकै नै रोमाञ्चक मोडमा पुगेको छ ।
राउन्ड रोविन फर्मेटमा भइरहेको प्रतियोगितामा सात प्रदेशले सहभागिता जनाएका छन् ।
राउन्ड रोविनको खेलपछि दुई टोली सिधै फाइनलमा प्रवेश गर्ने प्रावधान रहेको छ ।
जसमा, ६ मध्ये ५ खेल जित्दै लुम्बिनी प्रदेशले प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
यता ५ मध्ये ४ खेलमा पराजय भोगेको कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिसकेको छ ।
प्रतियोगिताको फाइनलका लागि केवल एक स्थान खाली छ ।
तर एक स्थानकै लागि बाँकी ५ टिमको सम्भावना कायमै रहेको छ ।
सुदुरपश्चिम प्रदेश (६ अंक), प्रदेश नं. १ (६), बागमती प्रदेश (४), गण्डकी प्रदेश (४) र प्रदेश नं. २ (४) को फाइनल सम्भावना अझै बाँकी रहेको छ । यी सबै टिमको केवल एक खेल बाँकी छ ।
अब अन्तिम खेलमा प्रदेश १ ले गण्डकी प्रदेशविरुद्ध बिहीबार खेल्नेछ ।
त्यसैगरी, प्रदेश २ ले बिहीबार नै कर्णाली प्रदेशको सामना गर्नेछ ।
यता सुदुरपश्चिमले आफ्नो अन्तिम खेल बागमती प्रदेशविरुद्ध शुुक्रबार खेल्नेछ ।
अन्तिम तीन खेलको नतिजाले एक टोलीको भाग्य चम्काउनेछ ।