काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टिम राजस्थान रोयल्सले इंग्ल्यान्डका जोस बट्लरलाई 'रिटेन' गरेको छ ।
आईपीएलको नयाँ सिजनका लागि राजस्थानले विकेटकिपर ब्याट्सम्यान बट्लरलाई रिटेन गरेको हो ।
यस्तै चेन्नई सुपर किङ्सले अलराउण्डर मोईन अलीलाई समेत रिटेन गरेको छ ।
इंग्ल्यान्डका अन्य खेलाडी भने रिलिज भएका छन् ।
आईपीएल टी-ट्वान्टी क्रिकेटमा अब १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन्।
बीसीसीआईले दुई फ्रेन्चाईज टिम थप्दै आईपीएल खेल्ने १० टिम बनाएको हो ।
आईपीएलको नयाँ टिममा लखनऊ र अहमदाबाद रहेका छन् ।
नयाँ संस्करणको आईपीएलको तिमि तय भएको छैन ।