सिता प्लेयर अफ द टुर्नामेन्ट
आइतबार, १२ मंसिर २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपालकी उपकप्तान सिता रानामगर आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट प्रतियोगितामा 'प्लेयर अफ द टुर्नामेन्ट' चुनिएकी छिन् ।
युएईमा आइतबार सम्पन्न प्रतियोगितामा ओपनर सिता सर्वोत्कृष्ट चुनिएकी हुन् ।
छनोटमा नेपाल तेस्रो स्थानमा रह्यो । नेपाल ग्लोबल छनोटमा समेत पुग्न असफल भयो ।
तर, प्रतियोगितामा सिताको प्रदर्शन उत्कृष्ट रह्यो ।
सिताले प्रतियोगिताको ५ खेलमा १ सय रन बनाएकी थिइन् । यस्तै उनले ६ विकेट लिएकी थिइन् ।












-1766743021282.jpeg&w=3840&q=75)


_1727591754-1766731628489.jpg&w=3840&q=75)
