सोमबार, ०५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

'तीन अंकको लागि खेल्छौं'

बिहिबार, ०९ मंसिर २०७८खेलपाटी संवाददाता
'तीन अंकको लागि खेल्छौं'
mustang rice ad

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन क्लब सातदोबाटो युथ क्लबका मुख्य प्रशिक्षक मेघराज केसीले थ्री स्टार क्लबविरुद्ध तीन अंकको लागि खेल्ने बताएका छन् ।

त्रिपुरेश्वरमा बिहीबार आयोजित प्रि म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक केसीले तीन अंकको लागि खेल्ने बताएका हुन् ।

'हामी तीन अंककै लागि खेल्छौं । हामी नयाँ टिम हौँ । राम्रो उपस्थिति जनाउनका लागि मेहेनत गरिरहेका छौँ । १३ औं खेलसम्म जित्नकै लागि खेल्छौं । तर, सोचेजस्तो हुँदैन,' प्रशिक्षक केसीले भने ।

सहिद स्मारक 'ए' लिगको दोस्रो चरण अन्तर्गत नवप्रवेशी सातदोबाटोले भोलि शुक्रबार थ्री स्टारविरुद्ध खेल्दैछ । दशरथ रंगशालामा सातदोबाटो र थ्री स्टारबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

थ्री स्टार बलियो टिम भएपनि आफुले त्यहिँ अनुसार तयारी गरेको उनले बताए ।

' थ्री स्टार पुरानो क्लब हो । तर, विपक्षी भनेको विपक्षी हो । म जुन क्लबमा त्यसबाहेक अन्य १३ क्लबलाई विपक्षीको रुपमा हेरेको छु,' उनले भने, ''पहिलो चरणमा थ्री स्टारको खेलाडी र खेल राम्रो देखिएको छ । त्यस अनुसार तयारी गरेका छौँ ।'

प्रशिक्षक केसीले पहिलो खेलको गल्तीमा सुधार गर्ने बताए । पहिलो खेलमा सातदोबाटोले फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।

'पहिलो खेलमा ५/६ वटा मौका पाउँदा पनि सदुपयोग भएन । त्यो समस्या लगातार दोहोरिए गार्हो हुन्छ । यो एक हप्तामा त्यसलाई सुधार्ने कोशिश गरेका छौँ,' उनले थपे, 'थ्री स्टारले पहिलो चरणमा तीन वटै गोल डिफेन्डरले डेथ बलमा गरेको छ । हामीले त्यो कुराहरुलाई नदोहोर्याउने कोशिश गर्ने छौँ ।'

थ्री स्टारका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले पुरानो गल्ति नदोहोर्याउने बताए ।

'पहिलो खेलमा जुन गल्तिहरु भएको थियो । सेट पिसमा मात्र गोल भएको थियो । तर, हामीले टाइम ५-६ दिन पायौं । तयारी राम्रो छ । मलाई लाग्छ खेलाडीले राम्रो गर्छ,' उनले भने, ' सातदोबाटो राम्रो टिम छ । हेरौं के हुन्छ ।'

पहिलो खेलमा थ्री स्टारले च्यासल युथ क्लबलाई ३-० ले हराएको थियो । थ्री स्टार लिगको शीर्ष स्थानमा रहेको छ ।

'पहिलो खेलमा खेल अनुसार त्यति सन्तुष्ट छैन । अट्याकीङमा रामो भईरहेको छैन । अरुमा सन्तुष्ट छु,'  प्रशिक्षक उर्जनले थपे  ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अदालतले पुन भन्यो, ‘एन्फाको निर्वाचन रोक्नु’

अदालतले पुन भन्यो, ‘एन्फाको निर्वाचन रोक्नु’

एपीएफको संघर्षपूर्ण सुरुआत

एपीएफको संघर्षपूर्ण सुरुआत

निर्वाचन प्रक्रिया अवरोध भए संघ निलम्बनमा पर्छ : एन्फा

निर्वाचन प्रक्रिया अवरोध भए संघ निलम्बनमा पर्छ : एन्फा

Bajaj Pulsar Motorcycle Ad
अभिकलाई उपाधि पक्का

अभिकलाई उपाधि पक्का

कोहलीको शतकका खेर, न्युजिल्यान्डले जित्यो सिरिज

कोहलीको शतकका खेर, न्युजिल्यान्डले जित्यो सिरिज

अदालतले पुन भन्यो, ‘एन्फाको निर्वाचन रोक्नु’

अदालतले पुन भन्यो, ‘एन्फाको निर्वाचन रोक्नु’

एपीएफको संघर्षपूर्ण सुरुआत

एपीएफको संघर्षपूर्ण सुरुआत

निर्वाचन प्रक्रिया अवरोध भए संघ निलम्बनमा पर्छ : एन्फा

निर्वाचन प्रक्रिया अवरोध भए संघ निलम्बनमा पर्छ : एन्फा

दुईपल्टको अग्रता जोगाउन नसक्दा नेपाल जित गुमायो

दुईपल्टको अग्रता जोगाउन नसक्दा नेपाल जित गुमायो

संकटाको प्रभावशाली जित

संकटाको प्रभावशाली जित

अपराजित रहँदै राजपुर फाइनलमा

अपराजित रहँदै राजपुर फाइनलमा