महमूदुल्लाहद्वारा टेस्ट क्रिकेटबाट सन्यास
बिहिबार, मंसिर ९, २०७८खेलपाटी संवाददाता

काठमाडौं । बंगलादेशका टी-ट्वान्टी टिमका कप्तान महमूदुल्लाहले टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
बंगलादेश क्रिकेट बोर्डले महमूदुल्लाहले टेस्ट क्रिकेटमा सन्यास घोषणा गरेको जनाएको छ ।
३५ वर्षीय अलराउण्डर महमूदुल्लाहले यसै वर्ष जिम्बावेविरुद्धको सिरिजबाट टेस्टमा पुनरागमन गरेका थिए ।
महमूदुल्लाहले सन् २००९ मा वेस्ट इन्डिजविरुद्ध टेस्टमा डेब्यु गरेका थिए ।
उनले बंगलादेशका लागि ५० टेस्टमा २९ सय १४ रन जोडेका छन् । जसमा पाँच शतक रहेको छ ।
यस्तै उनले ४३ विकेट लिएका छन् ।
महमूदुल्लाहले एकदिवसीय र टी-ट्वान्टी भने खेल्नेछन् ।









-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)



