मंगलबार, १७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

तहल्का मच्चाउन तयार नामिबियाको स्वर्णिम पुस्ता

मंगलबार, २६ आश्विन २०७८खेलपाटी संवाददाता
तहल्का मच्चाउन तयार नामिबियाको स्वर्णिम पुस्ता
Loading ad...
mustang rice ad

काठमाडौं । पछिल्लो पटक नामिबियाले आईसीसी विश्वकप क्रिकेट खेल्दा जेरहार्ड इरासमस मात्र सात वर्षका थिए ।

नामिबियाले सन् २००३ को एकदिवसीय विश्वकप खेल्दा सबै ६ वटा खेलमा पराजय भोगेको थियो ।

यसपटक नामिबियाले सन् २००३ को तुलनामा राम्रो प्रदर्शन गर्नेछ । किनभने नामिबियाको अहिलेको पुस्तालाई अहिलेसम्मकै स्वर्णिम पुस्ताको रुपमा लिइन्छ । सन् २००३ को विश्वकपमा कुनै पनि खेल नजितेपनि अहिलेको पुस्तालाई प्रेरित भने गरेको छ ।

पहिलो पटक विश्वकप खेल्न लागेको अहिलेको पुस्तालाई आईसीसी टी-ट्वान्टी विश्व कपमा राम्रो प्रदर्शन गर्नका लागि कुनै डर वा संकोच छैन ।

‘हामी अहिले बास्तवमै धेरै उत्साहित छौ, त्यसैले विश्वकप अघिको रातको कल्पना गर्नुहोस त,’ प्रतियोगिताको खेल तालिका सार्वजनिक भएपछि नामिबियाका कप्तान इरासमसले भनेका थिए ।


विश्वकपमा डेब्यू गरेको १८ वर्षपछि पुन: विश्वकप खेल्न लागेको नामिबिया पहिलो चरणको लागि एक बलियो दाबेदारको रुपमा रहेको छ । पहिलो चरणका लागि नामिबियाले बलिया राष्ट्रहरु श्रीलंका, नेदरल्यान्ड्स र आयरल्याण्डको सामना गर्नेछ ।

नामिबियाले आईसीसी विश्वकपमा सहभागिता जनाएको १८ वर्ष भईसकेको छ । यदि खेलाडीहरुको वर्तमान पुस्ताले केही भन्नु छ भने त्यो हो नामिबियाले आफ्नो उपस्थिति बलियो बनाउनु ।


आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा खराब प्रदर्शनसंगै सन् २०१९ को क्रिकेट विश्वकपका लागि छनोट हुन असफल भएपछि नामिबियाको क्रिकेटमा गरिएको परिवर्तनको प्रतिफल हो अहिलेको उदय ।


लिसेस्टरसायरका पूर्व प्रशिक्षक पियरे डि ब्रुएनलाई मुख्य प्रशिक्षकमा तथा दक्षिण अफ्रिकाका पूर्व अन्तर्राष्ट्रिय खेलाडी एल्बी मोर्केललाई सहायक प्रशिक्षकमा ल्याएपछि नामिबिया टोलीको समूह निर्माण गरियो तथा उनीहरुले सन् २०१९ मा विश्व क्रिकेट लिग डिभिजन २ जित्दै एकदिवसिय क्रिकेटको मान्यता प्राप्त गरे ।
क्रिकेट खेल्ने खेलाडीहरुलाई पूर्णकालिनरुपमा अनुबन्धन गरियो तथा राष्ट्रिय टोलीका लागि बलिया खेलाडीहरुको एक समूह निर्माण गरियो ।

नामिबियाको क्रिकेटमा तल्लोदेखि माथिल्लो तहसम्म परिवर्तन गरेको प्रशिक्षक ब्रुएनले भने अक्टुबर १७ तारिखबाट ओमान र युएईमा हुन लागेको आईसीसी टी-ट्वान्टी विश्वकपका लागि खेलाडी छनोटका लागि चुनौतीको सामना गर्नुपर्यो । जुन यस पुस्ताको गुणस्तरको अर्को प्रमाण हो । उनीहरु टी-ट्वान्टी विश्वकपमा उच्च मनोबलका साथ मात्रै आएका छैनन बरु अगाडी बढ्नका लागि एक संतुलित सक्षम टोलीको रुपमा रहेको छ ।

जुन वर्ष नामिबियाले एकदिवसियको मान्यता प्राप्त गर्यो सोही वर्ष उनीहरु टी-ट्वान्टी विश्वकपका लागि छनोट समेत भए । कप्तान इरासमसको टोलीलाई आईसीसी टी-ट्वान्टी विश्व कप छनोट २०१९ त्यति सहज भने थिएन ।

नामिबियाले समूह चरणमा नेदरल्यान्ड्स पपुवा न्यू गिनीसँग पराजयको सामना गर्नुपरेको थियो । तर त्यसपछि भने उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा आफ्नो स्थान बनाउन सफल भयो ।

सो क्रममा नामिबियाले स्कटल्याण्ड, बर्मुडा, केन्या र सिंगापुरमाथि जित निकाल्न सफल भयो । प्लेअफमा ओमानलाई ५४ रनले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्यो ।

यसका लागि कप्तान इरासमसको योगदान ठूलो रह्यो उनले तीनवटा अर्धशतक प्रहार गरे भने जेजे स्मिट, क्रेग विलियम्स र स्टेफन बार्डले ब्याटबाट उल्लेख्य योगदान गरे । यता बलिङतर्फ स्मिट, जान फ्रायलिङक र बर्नार्ड स्कोल्जको पनि महत्वपूर्ण योगदान रह्यो ।


जिभागो ग्रोएनवाल्ड तथा जिन पियरे कोजको सन्यासका बाबजुद पनि नामिबियाले आफ्नो टोलीमा छनोट खेलेका अधिकांश खेलाडीहरु स्थान दिएको छ । अझ उसका लागि दक्षिण अफ्रिकाका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा अहिले नामिबियाका लागि खेल्न लागेका डेभिड वाईजीको आगमनले टोलीलाई उत्साहित बनाएको छ ।

वाईजीले दक्षिण अफ्रिका लागि अन्तिम पटक सन् २०१६ मा अन्तर्राष्ट्रिय खेल खेलेका थिए । उनले २० वटा अन्तर्राष्ट्रि टी-ट्वान्टी खेल्दा २४ विकेट हात पारेका थिए । जुन विपक्षीका लागि एक चुनौती हुन सक्छ ।

नामिबियाको टोलीमा युवा खेलाडीहरुको पनि उपस्थिति रहेको छ । लेग स्पिनर अलराउण्डर निकोल लोफ्टी-इटोनको प्रदर्शन हेर्नलायक हुनेछ भने माईकल भान लिङगेनले यसै महिना अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका छन् ।

-आईसीसीको सहयोगमा

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

भारतीय क्रिकेटर नरेन्द्र कुमार नेपाल आउँदै

भारतीय क्रिकेटर नरेन्द्र कुमार नेपाल आउँदै

गुजरातलाई बटलरको फर्म चिन्ता

गुजरातलाई बटलरको फर्म चिन्ता

धोनीबिनाको चेन्नई राजस्थानसँग पराजित

धोनीबिनाको चेन्नई राजस्थानसँग पराजित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
लाओससँग फेरि नेपाल पराजित

लाओससँग फेरि नेपाल पराजित

युवराजको डेब्यु, जेलेस्पी बेञ्चमा

युवराजको डेब्यु, जेलेस्पी बेञ्चमा

भारतीय क्रिकेटर नरेन्द्र कुमार नेपाल आउँदै

भारतीय क्रिकेटर नरेन्द्र कुमार नेपाल आउँदै

गुजरातलाई बटलरको फर्म चिन्ता

गुजरातलाई बटलरको फर्म चिन्ता

एरेनाको डेब्यु, टोलीमा नयाँ प्रयोग

एरेनाको डेब्यु, टोलीमा नयाँ प्रयोग

धोनीबिनाको चेन्नई राजस्थानसँग पराजित

धोनीबिनाको चेन्नई राजस्थानसँग पराजित

राजस्थानलाई चेन्नईको कमजोर लक्ष्य

राजस्थानलाई चेन्नईको कमजोर लक्ष्य

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ