इयान वाटमोरद्वारा राजीनामा
बिहिबार, असोज २१, २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डका अध्यक्ष इयान वाटमोरले राजीनामा दिएका छन् ।
वाटमोरले बिहीबार तत्कालबाट लागु हुनेगरि राजीनामा दिएका हुन् ।
६३ वर्षीय वाटमोरले नियुक्त भएको १३ महिनापछि राजीनामा दिएका हुन् ।
वाटमोर पाँच वर्षको लागि अध्यक्ष नियुक्त भएका थिए ।
पछिल्लो समय इंग्ल्यान्डले पाकिस्तान भ्रमण रद्द गरेको थियो ।
जसको चौतर्फी आलोचना हुँदै आईरहेको थियो ।
यस आलोचनाबीच वाटमोरको राजीनामा आएको हो ।








-1762758084543.jpg&w=3840&q=75)

-1762856022963.jpg&w=3840&q=75)





