सबैको नजर फेरि रोनाल्डोमै
२०२१ सेप्टेम्बर १८, शनिबारखेलपाटी संवाददाता

काठमाडौं । फेरि एकपल्ट सबैको नजर क्रिस्टियानो रोनाल्डोमा हुनेछ, किनभने म्यानचेस्टर युनाइटेडले भर्खरै युरोपेली च्याम्पियन्स लिगमा योङ ब्वाइजसँग स्तब्धपूर्ण हार बेहोरेको छ ।
म्यानचेस्टर यसलाई बिर्सेर इंग्लिस प्रिमियर लिगमा भने राम्रो नतिजा चाहन्छ । तर आइतबार म्यानचेस्टर मैदानमा उत्रदा उनको विपक्षी टिम बलियो नै छ, वेस्ट ह्यामका रूपमा ।
म्यानचेस्टर चार खेलबाट १० अंकसहित शीर्ष स्थानमा छ । समान अंकमा दोस्रो स्थानमा रहेको चेल्सीले लन्डन डर्बीमा टोटनहमको सामना गर्नेछ ।
म्यानचेस्टर चार खेलबाट १० अंकसहित शीर्ष स्थानमा छ । समान अंकमा दोस्रो स्थानमा रहेको चेल्सीले लन्डन डर्बीमा टोटनहमको सामना गर्नेछ ।
युरोपेली च्याम्पियन चेल्सी पनि घरेलु लिगमा आफ्नो अपराजित यात्रालाई कायम राख्न चाहन्छ । उपाधि होडमा रहेका अन्य दुई क्लब लिभरपुल र म्यानचेस्टर सिटीका लागि सम्भवत: धेरै समस्या हुने छैन् ।
किनभने लिभरपुलले क्रिस्टिल प्यालेस र सिटीले साउथह्याम्पटनको सामना गर्नेछ, दुबै खेल उनीहरूको घरेलु मैदानमा हुँदैछ ।
किनभने लिभरपुलले क्रिस्टिल प्यालेस र सिटीले साउथह्याम्पटनको सामना गर्नेछ, दुबै खेल उनीहरूको घरेलु मैदानमा हुँदैछ ।

यी सबैभन्दा सबैभन्दा चर्को दबाब पक्कै पनि आर्सनलमा प्रशिक्षक मिखेल आर्टेमा हुनेछ, किनभने उनको टिमले राम्रो गरिरहेको छैन्, तर यसपल्ट आर्सनलको सामना अर्को खराव खेलिरहेको टिम बर्नलीसँग हुनेछ ।
च्याम्पियन्स लिगमा हार बेहोरे लगतै व्यवस्थापक ओले गन सोल्सारले आफ्ना खेलाडीलाई घरेलु लिगमा राम्रो खेल्न प्रेरित गरिरहेका छन् र उनी पनि मान्छन्, म्यानचेस्टरका लागि रोनाल्डोको खेल निर्णायक सावित हुनेछ ।
–एएफपीको सहयोगमा ।

रोनाल्डोले प्रिमियर लिगमा जति पनि समय खेलेका छन्, त्यसमा उनको प्रदर्शन राम्रै रहेको छ ।
–एएफपीको सहयोगमा ।