काठमाडौं । ललितपुरको 'ए' डिभिजन क्लब थ्री स्टारले युवा विंगर ऋतिक खड्कालाई अनुबन्धित गरेको छ।
थ्री स्टारले शुक्रबार २० वर्षीय विंगर ऋतिकलाई अनुबन्ध गरिएको जनाएको छ ।
थ्री स्टारले ऋतिकलाई दुई वर्षको लागि सम्झौता गरिएको जनाएको छ ।
सहिद स्मारक 'ए' डिभिजन लिग नजिकिदै गर्दा थ्री स्टारले ऋतिकलाई अनुबन्ध गरेको हो ।
'ए' डिभिजन लिग कात्तिक २९ बाट सुरु हुनेछ ।
नेपालका यू-१९ टोलीका पूर्व विंगरले यस अघि पनि थ्री स्टारबाट खेलिसकेका छन् । गत वर्ष बागमती गोल्डकपको उपाधि जित्दा उनी थ्री स्टारको टिममा रहेका छन् ।

सम्झौतापछि बोल्दै ऋतिकनले आफुलाई विश्वास गरेकोमा क्लबलाई धन्यवाद दिए ।
'मलाई विश्वास गरेकोमा म प्रशिक्षक उर्जन श्रेष्ठ र थ्री स्टार टिमलाई धन्यवाद दिन चाहन्छु । क्लबमा आबद्द भएकोमा खुसी छु,' उनले भने ।
थ्री स्टारले यस अघि मिडफिल्डर लाकेन लिम्बु, आयुश घलान, डोना थापा र डिफेन्सिभ मिडफिल्डर राफायल बिडीएस रिमलाई अनुबन्ध गरेको थियो ।
यस्तै थ्री स्टारले कप्तान बिक्रम लामा, डिफेन्डर अनन्त तामाङ, निशान खड्का, निराजन महर्जन, मिडफिल्डर मिक्छेन तामाङ, सन्जोक राई, मनाग्य नकर्मी र निशान खड्कासँगको सम्झौता नवीकरण गरिसकेको छ ।