काठमाडौं । चेल्सीका डिफेन्डर रिस जेम्सको घरमा चोरी भएको छ।
इंग्ल्यान्डका राइट ब्याक जेम्सले सामाजिक संजालबाट आफ्नो घरमा चोरी भएको बताएका छन्।
जेम्सले च्याम्पियन्स लिग, सुपर कप, युरोकपको उपविजेताको पदकहरु चोरी भएको बताएका छन्।
जेम्सले घर चोरी भएपनि मानवीय क्षती नभएको बताएका छन्।
जेम्सले च्याम्पियन्स लिग अन्तर्गत नै मंगलबार जेनिट सेन्ट पिटर्सवर्गविरुद्धको खेल खेलिरहदा उनको घरमा चोरी भएको हो।
