एजेन्सी । गोल मेसिन रोबर्ट लेवान्डोस्कीले आफुले अझै चार वर्षभन्दा बढी शीर्ष तहको फुटबल खेल्न चाहेको बताएका छन् ।
३३ वर्षिय खेलाडी लेवान्डोस्कीले पछिल्ला १८ खेलमा लगातार गोल गरेका छन् ।
यस सिजन च्याम्पियन्स लिगको पहिलो खेलमा लेवान्डोस्की प्रेरित बायर्न म्युनिखले बार्सिलोनामाथि ३–० को जित आत्मसाथ गरेको छ ।
लेवान्डोस्की यस सिजन प्रिमियर लिग जाने तयारी गरेका थिए । उनले नयाँ चुनौती बोक्न आफ्नो चाहाना रहेको बताएका थिए ।
पोल्याण्डका फरवार्ड लेवान्डोस्कीले विश्व फुटबलको एक सर्वोत्कृष्ट खेलाडीको रुपमा रहन प्रयास गरेको बताउँदै तत्काल सन्यास लिने आफ्नो कुनै योजना नरहेको उल्लेख गरेका छन् ।

एक जर्मन पत्रिकालाई दिएको अन्तरवार्तामा उनले भनेका छन्, ‘म शारिरिक रुपमा निकै फिट छु । र मानसिक रुपमा समेत उत्तिकै बलियो छु ।’
‘म कम्तिमा चार वर्षभन्दा बढी खेल्न सक्छु । म ढुक्क छु, कम्तिमा चार वर्ष बढी खेल्न सक्नेछु ।’ उनले भने ।
‘र त्यसपछि म हेर्नेछु । सायद म त्यो भन्दा धेरे खेल्न सक्नेछु ।’ उनले थपे ।
‘यो समर मेरा करियरमै उत्कृष्ट नतिजाको रुपमा रह्यो । यदी म एक वर्ष अघि २७ वर्षको थिए भने अब म २५-२६ वर्षको भएको छु । मेरो तथ्याङ्ग पहिला भन्दा राम्रो छ ।’ लेवान्डोस्कीले भने ।
‘३३ वर्ष मात्र नम्बर हो । यसले म कति वर्षको भए भन्ने देखाउदैन ।’ उनले भने ।

उनले कडाइका साथ खानपिनमा ध्यान दिने गरेको बताएका छन् । उनले यस सिजन क्लब र देशका लागि १० गोल गरिसकेका छन् ।
उत्कृष्ट फर्ममा रहेका लेवान्डोस्कीले बायर्नको नेतृत्व गरिरहेका छन् । उनको बायर्नसंगको सम्झौता अझै दुई वर्ष बाँकी छ ।
‘हामी रोबर्टसंग खुसी छौं । तर हामीले सम्झौता नविकरण गरेका छैनौं । हामीसंग अझै दुई वर्ष बाँकी छ ।’ क्लबका अध्यक्ष हर्बर्ट हैनरले भनेका छन् ।