एजेन्सी । युरोपा लिग फुटबलमा लेस्टर सिटीले नापोलीसंग बराबरी खेलेको छ ।
बिहिबार समूह सीको खेलमा लेस्टरले नापोलीसंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
लेस्टरले २–० को अग्रतालाई जोगाउन नसक्दा नापोलीसंग बराबरीमा रोकियो ।
खेलको नवौं मिनेटमा आयोज पेरेजको गोलमा लेस्टरले अग्रता लिएको थियो । हार्वे बान्र्सले ६४ औं मिनेटमा लेस्टरको अग्रतालाई दोब्बर बनाएका थिए ।
नोपालीका ओसिम्हेनले लगातार दुई गोल गर्दै नापालीलाई अंक दिलाउन सफल रहे । उनले ६९ औं र ८७ औं मिनेटमा नापोलीका लागि गोल गरेका थिए ।
बराबरीको नतिजापछि लेस्टरका प्रशिक्षक ब्रेन्डन रोडजर्सले युवा खेलाडीले नतिजाबाट सिक्ने बताए ।
‘नतिजाबाट म पक्कै निराश छु । तर खेलका केही क्षणबाट म उत्साहीत छु ।’ रोडजर्सले भने, ‘दुई गोल उत्कृष्ट थियो । एक गोलले मान्यता नपाउँदा खेल बराबरीमा रोकिन पुग्यो ।’