काठमाडौं । बर्नलीका मुख्य प्रशिक्षक सन डाइचले सम्झौता नवीकरण गरेका छन्।
प्रशिक्षक डाइचले बिहीबार क्लबसँगको सम्झौता नवीकरण गरेका हुन्।
सम्झौता नवीकरणसँगै उनी २०२५ सम्म क्लबमा रहने छन्।
५० वर्षीय प्रशिक्षक डाइच सन् २०१२ बाट बर्नलीका प्रशिक्षक रहेका छन्।
इंग्लिस प्रशिक्षक डाइच वाट्फोर्डमा एक सिजन बिताएर बर्नली आएका थिए।