काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत गरेको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो ।
नयाँ वरीयतामा नेपाल १ सय ६८ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ६८ औं स्थानमै रहेको थियो ।
नेपालले हालै भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।
नेपालले पहिलो खेल भने १-१ गोलको बराबरीमा खेलेको थियो ।
दोस्रो मैत्रीपूर्ण खेलमा भारतले नेपाललाई २-१ ले हराएको थियो ।
नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा रहेको छ ।
नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत १ सय ७ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५८ औं स्थानमा रहेको छ ।
नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । बंगलादेश १८९ औं, भुटान १८७ औं, पाकिस्तान १९८ औं र श्रीलंका २ सय ५ औं स्थानमा रहेका छन् ।
नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै ब्राजिल दोस्रो, तेस्रोमा इंग्ल्यान्ड, चौथोमा फ्रान्स र पाँचौ स्थानमा इटाली रहेका छन्।
इंग्ल्यान्ड तेस्रो स्थानमा उक्लिएको हो ।
अर्जेन्टिना छैटौं, पोर्चुगल सातौं, स्पेन आठौं, मेक्सिको नवौं र डेनमार्क दशौं स्थानमा रहेका छन् ।