काठमाडौं । बायर्न म्युनिखका मिडफिल्डर लियोन गोरेज्काले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
गोरेज्काले क्लबमा सन् २०२६ सम्म बस्ने गरि सम्झौता नवीकरण गरेका हुन् ।
बायर्नले बिहीबार मिडफिल्डर गोरेज्काले नयाँ सम्झौता गरेको जनाएको छ ।
जर्मन मिडफिल्डर गोरेज्का २०१८ मा शाल्केबाट बायर्न आएका थिए ।

उनी इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड जाने हल्ला चलेको थियो । तर, उनले क्लबमै बस्ने निर्णय गरेका हुन् ।
२६ वर्षीय गोरेज्काले बायर्नका लागि १ सय १८ खेलमा २५ गोल गरेका छन् ।
गोरेज्काले बायर्नबाट तीन बुन्डेसलिगा, जर्मन कप दुई पटक, जर्मन सुपर कप तीनपटक र च्याम्पियन्स लिग, यूईएफए सुपर कप र क्लब विश्वकप एक एक पटक जितेका छन् ।