काठमाडौं । लिभरपुलका फरवार्ड मोहमद सलाहले पूर्व मिडफिल्डर स्टेभेन जेरार्डको कीर्तिमानसँग बराबरी गरेका छन्।
सलाहले घरेलु मैदान एनफिल्डमा सर्वाधिक धेरै युरोपियन गोल गर्ने खेलाडीको कीर्तिमान बराबरी गरेका हुन् ।
बुधबार राति इटालियन क्लब एसी मिलानविरुद्ध गोल गर्दै सलाहले जेरार्डको कीर्तिमान बराबरी गरेका हुन्।
मिलानविरुद्धको गोल सलाहको एनफिल्डमा १४ औं गोल हो । सलाहको यो च्याम्पियन्स लिगमा २६ औं गोल समेत हो ।
लिभरपुलले मिलानविरुद्ध ३-२ को जित समेत निकालेको छ ।
