पलेशा र लामा सम्मानित
मंगलबार, भदौ २२, २०७८खेलपाटी संवाददाता
काठमाडौं । टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामालाई नेपाल तेक्वान्दो संघले नगदसहित मंगलबार सम्मान गरेको छ ।
नेपाल तेक्वान्दो संघद्वारा आयोजित १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताका समापनका अवसरमा पलेशा र लामा सम्मानित भएका हुन् ।
पलेशालाई नगद ५० हजार तथा लामालाई १० हजार नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरियो । पलेशाले पारालिम्पिकमा दुई खेल जितेर इतिहास रचेकी थिइन् । अन्तर्राष्ट्रिय लेभल– २ पारा प्रशिक्षक लामाले २०१६ देखि पलेशालाई निरन्तर प्रशिक्षण दिइरहेका थिए ।
पारा ओलम्पिकको प्रदर्शनपछि पलेशा पारा तेक्वान्दो खेलाडीको विश्व वरीयतामा ५ औं स्थानमा उक्लिएकी छन् ।








-1762154705887.png&w=3840&q=75)
-1762660030983.webp&w=3840&q=75)


-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)

