सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

म्युनिख ओलम्पिकको त्यो नरसंहार

सोमबार, २१ भाद्र २०७८नमीन ढकाल
म्युनिख ओलम्पिकको त्यो नरसंहार
Loading ad...
mustang rice ad

इलाम । सन् १९७२ मा तत्कालीन जर्मनीको म्युनिखमा आयोजित गृष्मकालीन ओलम्पिक नरसंहारको आईतबार ४९ वर्ष पूरा भएको छ ।

त्यतिबेला प्यालेष्टेनी समूह ब्ल्याक सेप्टम्बरका ८ जना सदस्यले इजरायलको ओलम्पिक टिमका ११ जना सदस्यलाई बन्दी बनाइ मारेका थिए । जसलाई ‘म्युनिख नरसंहार’ को रुपमा व्याख्या गरिदै आएको छ ।

यसरी मारिनेमा इजरायलका ५ खेलाडी र ६ प्रशिक्षक थिए । ब्ल्याक सेप्टेम्बर टिमका ५ जना पनि मारिएका थिए भने एक जना जर्मन प्रहरी अधिकारी पनि मारिएका थिए ।

प्यालेष्टेनीको माग अनुसार इजरायलमा बन्दी रहेका २ सय ३४ जना कैदीलाई जेलबाट रिहा गर्न थियो । त्यसबखत जर्मनीमै बन्दी रहेका अन्य २ जनाको पनि रिहाइको माग गरिएको थियो । म्युनिख ओलम्पिकको उद्घाटन भएको केही दिनपछि अचानक खेलाडी ग्रामभित्रै गोली हानाहान भयो । त्योबेला आतंककारी नक्कली साँचोको माध्यमबाट खेलाडी ग्रामको अपार्टमेण्टमा प्रवेश गरेका थिए ।

Germany had a tip-off three weeks ahead of Munich massacre, Der Spiegel  claims | The Times of Israel

सुतिरहेका इजरायलका कुस्तीका रेफ्री योसेफ गुटफ्रुंडको अचानक निन्द्रा खुल्दा बन्दुक सहितका नकाबधारी देखेपछि उनी चिच्याएका थिए । उनी सुतिरहेको ठाँउ नजिकै रहेको १ सय ३५ किलोको तौल हानेर उनलाई मार्ने प्रयास गरिएको थियो ।

तर उनी आतंककारीसँग भिड्न अघि सरे र उनको हत्या गरिएको थियो । त्यसपछि अन्य खेलाडीलाई बन्दी बनाइएको थियो ।

यसरी इजरायलका खेलाडी तथा प्रशिक्षक आतंककारीको शिकार बनेका थिए । यसरी विश्वभरीका खेलाडीको बासस्थल रहेको खेलाडी ग्राममा आतंककारी हमला भएपछि सबै खेलाडी त्रसित भएका थिए ।

नेपालका धावक जीतबहादुर केसी त्यसको प्रत्यक्षदर्शी हुन् । जितबहादुरले त्यतिबेला त्यहाँ रगतको खोला बगेको देखेका थिए । गोली हानिएको स्थानदेखि जितबहादुरको कोठा रहेको स्थान करिब ४ फिटमात्र पर थियो । त्यसैले घटना भइसकेपछि झ्यालमा एउटा झिंगा आउँदा पनि डराउनुपर्ने स्थिति भएको उनी सम्झन्छन् । सो घटना घटेपछि ६ सेप्टेम्बरका दिन मृत खेलाडीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

In Munich, a Tribute to Israeli Athletes and Families' Persistence - The  New York Times

म्युनिखमा मारिएका इजरायली कुस्ती प्रशिक्षक मोशे वेनबर्गकी बहिनी कारमेल एलयैसको पनि ह्दयघात भएर मृत्यु भएको थियो । त्यसबखत ओलम्पिक तथा अन्य देशका झण्डा आधा झुकाइएको थियो । यसरी त्रसित अवस्थामै घटना भएको ३ दिनपछि ओलम्पिकका खेल पुनः सुचारु भएको थियो ।

ओलम्पिक कमिटीका अध्यक्ष एवरी ब्रुन्डेगले आतंककारीहरुले जितेका छैनन् भन्ने सन्देश दिन प्रतियोगिता जारी राख्न आदेश दिए । तर त्रासका कारण खेलाडीमा गहिरो असर परेको थियो ।

अमेरिकी पौडीबाज मार्क स्पिट्जले ७ स्वर्ण र रुसी जिम्न्यास्ट ओल्गा कोरबुटले २ स्वर्ण जित्न सफल भए । ७२ ओलम्पिकमा हत्यापछि इजरायका चौथो प्रधानमन्त्री गोल्डा मेयर नेतृत्वमा रहेको इजरायली सरकारले ब्ल्याक सेप्टेम्बरका हत्यारालाई ट्रयाक गर्न र मार्न मोसाद एजेन्टको एउटा समुहलाई नियुक्त गरेको थियो ।

८ सेप्टेम्बर १९७२ मा इजरायलले सिरिया र लेबनानमा प्लेस्टाइनी लिवरेसन अर्गनाइजेसका १० वटा अड्डामा हवाई आक्रमण गरी २ सय जनाको हत्या गरेको थियो । पक्राउ परेका ३ आतंककारी म्युनिख जेलमा रहेका थिए ।

२९ अक्टोबरमा लुफ्थान्स एयर ६१५ को अपहरणपछि उनीहरुलाई रिहाई गरिएको थियो । तर उनीहरु मध्य २ जनालाई खुफिया एजेन्सी मोसादले हत्या गरिदिए । जसलाई अपरेसन अफ गर्डको संज्ञा दिइएको छ ।  सन् २००५ मा स्टीफन स्पीलबर्गको चलचित्र म्युनिख यो घटनामा आधारित छ ।

Long-Hidden Details Reveal Cruelty of 1972 Munich Attackers - The New York  Times

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान