• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
म्युनिख ओलम्पिकको त्यो नरसंहार
नमीन ढकाल
सोमबार, भदौ २१, २०७८ नमीन ढकाल
म्युनिख ओलम्पिकको त्यो नरसंहार

इलाम । सन् १९७२ मा तत्कालीन जर्मनीको म्युनिखमा आयोजित गृष्मकालीन ओलम्पिक नरसंहारको आईतबार ४९ वर्ष पूरा भएको छ ।

त्यतिबेला प्यालेष्टेनी समूह ब्ल्याक सेप्टम्बरका ८ जना सदस्यले इजरायलको ओलम्पिक टिमका ११ जना सदस्यलाई बन्दी बनाइ मारेका थिए । जसलाई ‘म्युनिख नरसंहार’ को रुपमा व्याख्या गरिदै आएको छ ।

यसरी मारिनेमा इजरायलका ५ खेलाडी र ६ प्रशिक्षक थिए । ब्ल्याक सेप्टेम्बर टिमका ५ जना पनि मारिएका थिए भने एक जना जर्मन प्रहरी अधिकारी पनि मारिएका थिए ।

प्यालेष्टेनीको माग अनुसार इजरायलमा बन्दी रहेका २ सय ३४ जना कैदीलाई जेलबाट रिहा गर्न थियो । त्यसबखत जर्मनीमै बन्दी रहेका अन्य २ जनाको पनि रिहाइको माग गरिएको थियो । म्युनिख ओलम्पिकको उद्घाटन भएको केही दिनपछि अचानक खेलाडी ग्रामभित्रै गोली हानाहान भयो । त्योबेला आतंककारी नक्कली साँचोको माध्यमबाट खेलाडी ग्रामको अपार्टमेण्टमा प्रवेश गरेका थिए ।

Germany had a tip-off three weeks ahead of Munich massacre, Der Spiegel  claims | The Times of Israel

सुतिरहेका इजरायलका कुस्तीका रेफ्री योसेफ गुटफ्रुंडको अचानक निन्द्रा खुल्दा बन्दुक सहितका नकाबधारी देखेपछि उनी चिच्याएका थिए । उनी सुतिरहेको ठाँउ नजिकै रहेको १ सय ३५ किलोको तौल हानेर उनलाई मार्ने प्रयास गरिएको थियो ।

तर उनी आतंककारीसँग भिड्न अघि सरे र उनको हत्या गरिएको थियो । त्यसपछि अन्य खेलाडीलाई बन्दी बनाइएको थियो ।

यसरी इजरायलका खेलाडी तथा प्रशिक्षक आतंककारीको शिकार बनेका थिए । यसरी विश्वभरीका खेलाडीको बासस्थल रहेको खेलाडी ग्राममा आतंककारी हमला भएपछि सबै खेलाडी त्रसित भएका थिए ।

नेपालका धावक जीतबहादुर केसी त्यसको प्रत्यक्षदर्शी हुन् । जितबहादुरले त्यतिबेला त्यहाँ रगतको खोला बगेको देखेका थिए । गोली हानिएको स्थानदेखि जितबहादुरको कोठा रहेको स्थान करिब ४ फिटमात्र पर थियो । त्यसैले घटना भइसकेपछि झ्यालमा एउटा झिंगा आउँदा पनि डराउनुपर्ने स्थिति भएको उनी सम्झन्छन् । सो घटना घटेपछि ६ सेप्टेम्बरका दिन मृत खेलाडीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

In Munich, a Tribute to Israeli Athletes and Families' Persistence - The  New York Times

म्युनिखमा मारिएका इजरायली कुस्ती प्रशिक्षक मोशे वेनबर्गकी बहिनी कारमेल एलयैसको पनि ह्दयघात भएर मृत्यु भएको थियो । त्यसबखत ओलम्पिक तथा अन्य देशका झण्डा आधा झुकाइएको थियो । यसरी त्रसित अवस्थामै घटना भएको ३ दिनपछि ओलम्पिकका खेल पुनः सुचारु भएको थियो ।

ओलम्पिक कमिटीका अध्यक्ष एवरी ब्रुन्डेगले आतंककारीहरुले जितेका छैनन् भन्ने सन्देश दिन प्रतियोगिता जारी राख्न आदेश दिए । तर त्रासका कारण खेलाडीमा गहिरो असर परेको थियो ।

अमेरिकी पौडीबाज मार्क स्पिट्जले ७ स्वर्ण र रुसी जिम्न्यास्ट ओल्गा कोरबुटले २ स्वर्ण जित्न सफल भए । ७२ ओलम्पिकमा हत्यापछि इजरायका चौथो प्रधानमन्त्री गोल्डा मेयर नेतृत्वमा रहेको इजरायली सरकारले ब्ल्याक सेप्टेम्बरका हत्यारालाई ट्रयाक गर्न र मार्न मोसाद एजेन्टको एउटा समुहलाई नियुक्त गरेको थियो ।

८ सेप्टेम्बर १९७२ मा इजरायलले सिरिया र लेबनानमा प्लेस्टाइनी लिवरेसन अर्गनाइजेसका १० वटा अड्डामा हवाई आक्रमण गरी २ सय जनाको हत्या गरेको थियो । पक्राउ परेका ३ आतंककारी म्युनिख जेलमा रहेका थिए ।

२९ अक्टोबरमा लुफ्थान्स एयर ६१५ को अपहरणपछि उनीहरुलाई रिहाई गरिएको थियो । तर उनीहरु मध्य २ जनालाई खुफिया एजेन्सी मोसादले हत्या गरिदिए । जसलाई अपरेसन अफ गर्डको संज्ञा दिइएको छ ।  सन् २००५ मा स्टीफन स्पीलबर्गको चलचित्र म्युनिख यो घटनामा आधारित छ ।

Long-Hidden Details Reveal Cruelty of 1972 Munich Attackers - The New York  Times

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
umbro nepal
  • ताजा समाचार
  • खेल आज
मध्यपुर रेलिगेसनबाट जोगियो
मध्यपुर रेलिगेसनबाट जोगियो
थाइल्यान्ड ग्लोबल छनोटमा, नेपाललाई जित्नैपर्ने दबाब
थाइल्यान्ड ग्लोबल छनोटमा, नेपाललाई जित्नैपर्ने दबाब
अञ्जिला र साम्बा बन्द प्रशिक्षणमा सहभागी नहुने
अञ्जिला र साम्बा बन्द प्रशिक्षणमा सहभागी नहुने
हारेपछि विपक्षी गोलकिपरसँग रुष्ट ग्वार्डियोला
हारेपछि विपक्षी गोलकिपरसँग रुष्ट ग्वार्डियोला
थाइल्यान्डसँगको खेलपछि केही सिनियर खेलाडीले सन्न्यास लिने !
थाइल्यान्डसँगको खेलपछि केही सिनियर खेलाडीले सन्न्यास लिने !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP