स्वदेश फर्किए पारालिम्पिक टिम
आइतबार, भदौ २०, २०७८खेलपाटी संवाददाता
काठमाडौं । जापानमा जारी टोकियो पारालिम्पिक खेलकुदमा सहभागिता जनाएको नेपाली टिम आज आइतबार स्वदेश फर्किएका छन्।
नेपाली पारालिम्पिक टिम साँझ ७ :३५ मा नेपाल आईपुगेका हुन् । नेपाली टोलीलाई पारा तेक्वान्दोका पदाधिकारी र तेक्वान्दो संघका पदाधिकारीले स्वागत गरेका थिए ।
टोकियो पारालिम्पिकमा नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले प्रतिस्पर्धा गरेकी थिइन्।
पलेशाले के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिइन् । तर, पलेशा ऐतिहासिक कास्य पदक जित्न असफल भएकी थिइन्।
रिपिचेजको फाइनलमा पलेशा चीनकी युजी लीसँग पराजित भएकी थिइन् ।
पारालिम्पिकका लागि ६ सदस्यीय नेपाली टिम जापान गएका थिए ।








-1762154705887.png&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)



