काठमाडौं। इटालियन सिरी ए फुटबलमा रोमाले विजयी सुरुवात गरेको छ ।
आइतबार राति भएको खेलमा फिओरेन्टिनालाई ३-१ गोल अन्तरले पराजित गर्दै रोमाले सुखद सुरुवात गरेको हो ।
जोसे मोरिन्होको टिम रोमालाई जित दिलाउन जोर्डन भेरेटोउटले दुई गोल गरे। हेन्रिख मिखीतार्यानको नाममा एक गोल रह्यो ।
फिओरेन्टिनाका निकोला मिलिन्कोभिचले एक गोल फर्काए।

खेलमा दुबै टिम १० खेलाडीमा समेटिएको थियो ।
रोमाकानिकोलो जानिलो दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।
फिओरेन्टिनाका बार्टलोमिज ड्रागोस्व्कीले सिधै रातो कार्ड पाएका थिए ।
यसै खेलबाट ट्यामी अब्राहमले रोमाका लागि डेब्यु गरे । उनले दुई गोलका लागि असिस्ट समेत गरे ।
घरेलु मैदानको जितसँगै रोमाले लिगमा सुखद सुरुवात गरेको छ ।
रोमाले पहिलो खेलमा ३ अंक जोडेको छ ।
फिओरेन्टिनाले भने हारबाट सिजनको सुरुवात गरेको छ ।
