काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा रियल लेभान्टेसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।
लेभान्टेको मैदानमा पाँचौं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए ।
उनले २०१९ को सेप्टेम्बरपछि रियलका लागि पहिलो गोल गरेका हुन् ।
खेलको ४६ औं मिनेटमा रोजरले गोल गर्दै लेभान्टेलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ५७ औं मिनेटमा जोसे क्याम्पनाले गोल गर्दै लेभान्टेलाई २-१ को अग्रता दिलाए ।
७३ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई २-२ गोलको बराबरीमा ल्याए ।
खेलको ७९ औं मिनेटमा रोबरले गोल गर्दै लेभान्टेलाई ३-२ को अग्रता दिलाए ।
तर, खेलको ८५ औं मिनेटमा जुनियरले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३-३ गोलको बराबरीमा ल्याउदै रियललाई हारबाट जोगाए ।

यस्तै खेलको ८७ औं मिनेटमा ऐटरले रातो कार्ड पाएपछि लेभान्टे १० खेलाडीमा समेटिएको थियो ।
यस बराबरीसँगै रियलले २ खेलमा ४ अंक जोडेको छ । रियल दोस्रो स्थानमा रहेको छ ।
लेभान्टेले २ खेलमा २ अंक जोडेको छ ।