काठमाडौं । इंग्लिस क्लब आर्सनलका डिफेन्डर बेन ह्वाइटलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
आर्सनलले डिफेन्डर बेनमा कोरोना देखिएको पुष्टि गरेको छ ।
कोरोना देखिएपछि डिफेन्डर बेन सेल्फ आईसोलेसनमा बसेका छन् ।
इंग्लिस डिफेन्डर बेनले कोरोना संक्रमणकै कारण चेल्सीविरुद्धको खेल गुमाएका थिए ।
आइतबार राति भएको खेलमा आर्सनल चेल्सीसँग २-० ले पराजित भएको थियो ।
आर्सनलले बेनलाई हालै प्रिमियर लिग प्रतिद्वन्दी ब्राइटनबाट अनुबन्ध गरेको हो ।
सेन्टर ब्याक बेनले आर्सनलसँग पाँच वर्षको सम्झौता गरेका छन् ।