काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता बायर्न म्युनिखले पहिलो जित निकालेको छ ।
आइतबार राति एफसी कोल्नलाई ३-२ गोल अन्तरले पराजित गर्दै बायर्नले पहिलो जित निकालेको हो ।
घरेलु मैदानमा बायर्नलाई जित दिलाउन सर्जी जिनाब्रीले दुई गोल गरे । रोबर्ट लेवान्डोस्कीले एक गोल थपे ।
कोल्नका एन्थोनी मोडेस्टे र मार्क उथले एक एक गोल फर्काए ।
एलिनाज स्टेडियममा ५० औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए ।
५९ औं मिनेटमा जिनाब्रीले गोल गर्दै बायर्नलाई २-० को अग्रता दिलाए ।

खेलको ६० औं मिनेटमा एन्थोनीले गोल गर्दै कोल्नलाई २-१ को स्थितिमा ल्याए ।
६२ औं मिनेटमा मार्कले गोल गर्दै कोल्नलाई २-२ गोलको बराबरीमा ल्याए ।
तर, खेलको ७१ औं मिनेटमा जिनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३-२ को जित दिलाए ।
जितसँगै बायर्नले २ खेलमा ४ अंक जोडेको छ ।
बायर्न पहिलो खेलमा बराबरीमा रोकिएको थियो ।
कोल्नको यो पहिलो हार हो । कोल्नले २ खेलमा ३ अंक जोडेको छ ।
