काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले लगातार दोस्रो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा उल्भ्सलाई १-० गोल अन्तरले पराजित गर्दै टोटेनहमले लगातार दोस्रो जित निकालेको हो ।
उल्भ्सको मैदानमा टोटेनहमलाई जित दिलाउन डेली अलीले निर्णायक गोल गरे ।
अलीले खेलको १० औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरेका हुन् ।

उल्भ्सका जोसे साले पेनाल्टी क्षेत्रमा अलीलाई फउल गरेपछि टोटेनहमले पेनाल्टीको अवसर पाएको थियो । जसमा अलीले सहजै गोल गरे ।
यस जितसँगै टोटेनहमले २ खेलमा ६ अंक जोडेको छ ।
टोटेनहम तालिकाको दोस्रो स्थानमा रहेको छ ।
टोटेनहमले पहिलो खेलमा म्यानचेस्टर सिटीलाई हराएको थियो ।
उल्भ्सको यो लगातार दोस्रो हार हो ।