काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा युनाईटेड साउथह्याम्पटनसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
साउथह्याम्पटनको मैदानमा सुरुवाती अग्रता घरेलु टोलीले बनाएको थियो ।
खेलको ३० औं मिनेटमा युनाईटेडका फ्रेडले आत्मघाती गोल गरेपछि साउथह्याम्पटनले सुरुवाती अग्रता बनाएको थियो । साउथह्याम्पटनका चे एडम्सको प्रहार फ्रेडलाई लाग्दै गोलमा परिणत भएको थियो ।

तर, खेलको ५५ औं मिनेटमा मासन ग्रीनउडले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । उनले पाउल पोग्बाको पासमा गोल गरेका हुन् ।
यस बराबरीसँगै युनाईटेडले २ खेलमा ४ अंक जोडेको छ । युनाईटेड तालिकाको चौंथो स्थानमा रहेको छ ।
१३ औं स्थानको साउथह्याम्पटनले २ खेलमा १ अंक जोडेको छ ।
