काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका युवा मिडफिल्डर जेम्स गार्नरले सम्झौता नवीकरण गरेका छन् ।
२० वर्षीय मिडफिल्डरले सन् २०२४ सम्म क्लबमा रहने गरि सम्झौता नवीकरण गरेको युनाईटेडले जनाएको छ ।
युनाईटेडको एकेडेमीमा हुर्किएका जेम्सले सन् २०१८ मा सिनियर टिममा डेब्यु गरेका थिए ।
यस्तै युनाईटेडसँगको सम्झौता नविकरण गर्दै जेम्स नटिङघम फोरेस्टमा लोनमा अनुबन्धित भएका छन् ।
युनाईटेडले एक सिजनको लागि उनलाई लोनमा च्याम्पियनसिप क्लबमा पठाएको हो ।
गत सिजन पनि उनले फोरेस्टबाट लोनमा खेलेका थिए ।
अघिल्लो सिजन उनले २० खेलमा ४ गोल गरेका थिए ।
जेम्सले इंग्ल्यान्डको युथ टिमबाट खेलिसकेका छन् ।
