काठमाडौं । अष्ट्रियाका विंगर युसुफ डेमिर बार्सिलोनामा लियोनल मेस्सीपछि डेब्यु गर्ने सबैभन्दा कान्छा विदेशी खेलाडी बनेका छन् ।
१८ वर्षीय विंगर युसुफले ला लिगा अन्तर्गत शनिबार राति एथ्लेटिक बिल्बाओविरुद्ध डेब्यु गरेका हुन् । जुन खेलमा बार्सिलोना बिल्बाओसँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।
युसुफ खेलको ६२ औं मिनेटमा मार्टिन ब्रेथवेटको स्थानमा मैदान प्रवेश गरेका थिए ।
बार्सिलोनाका लागि डेब्यु गर्दा उनी १८ वर्ष ८० दिनका थिए ।
यस अघि मेस्सीले सन् २००४ मा १७ वर्ष ११४ दिनको हुँदा डेब्यु गरेका थिए ।
युसुफ सन् २०१९ मा रापिड विनबाट बार्सिलोना आएका थिए ।
