अफगानी महिला खेलाडी उद्दारको लागि फिफाको पहल

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अफगानिस्तानको महिला खेलाडीको आपतकालीन उद्दारको लागि पहल थालेको छ ।
फिफाले अफगानिस्तानका महिला फुटबलरलाई उद्दार गर्न विभिन्न राष्ट्रलाई पत्र लेखेको छ ।
विद्रोही समूह तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानका महिला खेलाडीहरुको ज्यान जोखिममा परेको बताईएको छ ।
तालिबानको इस्लामिक कानूनमा महिलालाई हेर्ने दृष्टिकोण फरक रहेको छ ।
महिलाले शरीर ढाक्ने बुर्खा लगाउनु पर्ने तथा १० वर्ष माथिका छात्राहरु विद्यालय जान नपाउने नियम रहेको छ।
खेलाडीको संगठन फिप्रोले सहयोगको लागि आग्रह गरिसकेको छ । यस्तै खेलाडीहरुले समेत सहयोगको लागि आग्रह गरेका छन् ।
अफगानिस्तानका पूर्व कप्तान खालिदा पोपालले महिला खेलाडीहरु निकै डरमा रहेको बताएकी छिन्।
विद्रोही समूह तालिबानले सत्ता कब्जा गरेपछि भाग्ने क्रममा अमेरिकी सैन्य विमानबाट खसेर एक अफगानी युवा फुटबल खेलाडीको मृत्यु भएको थियो ।
उडिरहेको विमानबाट खसेर १९ वर्षीय फुटबलर जाकी अनवरीको मृत्यु भएको थियो ।











-1765627825694.jpeg&w=3840&q=75)



